सन् २०१६ मा संसारभर मदिरा सेवनबाट ३० लाख मानिसको मृत्यु भएको बताइन्छ, जसमध्ये तीन चौथाइ पुरुष थिए । प्रत्येक २० अकाल मृत्युमा १ को मृत्यु मदिराका कारण भएको छ । विश्व स्वास्थ्य संगठनले हालै मदिरा र स्वास्थ्यका सम्बन्धमा प्रकाशित गरेको ग्लोबल स्ट्याटस रिपोर्ट–२०१८ मा उक्त तथ्य उल्लेख छ ।
रिपोर्टअनुसार संसारभर २ अर्ब ३० करोड मानिस मदिरा पिउँछन् । मदिराका कारण हुने मृत्युमध्ये अधिकांश मृत्यु दुर्घटनामा परेर वा मारपिटमा भएको छ । २८ प्रतिशत मृत्युको कारण यही छ भने पाचनसम्बन्धी गडबडीका कारण २१ प्रतिशतको मृत्यु भएको पाइएको छ । संसारमै सर्वाधिक मदिरा पिउनेमा युरोपेलीहरू अग्रपंक्तिमा छन् ।