Home / Business / केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

केही घण्टा विश्वको इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने भएको छ। केहि समय इन्टरनेटको मेन डोमेन र यो सँग जोडिएका नेटवर्क इन्फ्रास्ट्रक्चर डाउन हुने भएकोले इन्टरनेट युजर्समा समस्या उत्पन्न हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जानकारी दिएका छन्। आवश्यक मर्मतको कार्य गर्नुपर्ने भएकोले इन्टरनेट सेवा ४८ घण्टा सम्म डिस्टर्ब रहने सक्ने बताइएको छ।

द इन्टरनेट कर्पोेरेशन अफ असाइन्ड नेम्स एण्ड नम्बर्स (आईसिएएनएन) ले क्रिप्टोग्राफिक किजमा बदलाव गर्दै मर्मत गर्ने भएकोले इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने छ। इन्टरनेट एड्रेस बुक नेम सिस्टम (डिएनएस) लाई सेक्यूर गर्न क्रिप्टोग्राफिक किजमा परिवर्तन गर्न लागिएको आईसिएएनएनले जानकारी दिएको छ। साइबर आतंक बढ्दै गएपछि यस्तो गर्न थालिएको आईसिएएनएनले बताएको छ।

आईसिएएनएन एक गैरनाफामुखि संस्था हो जसले संसारभर रहेका इन्टरनेट सेवाको नियमन गर्ने र सिक्योर गर्ने काम गर्दछ। साथै यसले आइपी एड्रेस स्पेस, प्रोटोकल प्यारामिटर, डिएनएस व्यवस्थापन तथा रुट सर्वर सिस्टम व्यवस्थापनको कार्य समेत गर्दछ।

Leave a comment

Check Also

NEPSE Index Loses Double Digits to Close at 2,168.53; Five Scrips Hit Positive Circuit

The NEPSE index closed at 2,168.53 today after losing 14.68 points from the last trading ...

Leave a Reply